त्यो मीठो सपना, खै कस्तो भनुँ,
वाक्य नै आउदैन,
त्यो समात्न नसकिने कुहिरो जस्तो,
जुन छ तर जसको भित्रै पुगेर पनि म त्यसलाई भेट्टाउन सक्दिनँ,
मेरो वरिपरि जताततै त्यही छ तर म रुमल्लिरहेछु त्यसैलाई खोज्दै,
समात्न खोज्छु दुई हातले फुस्स उडेर जान्छ हात लाग्दैन,
तर त्यो त्यहीँ छ,
आखिर कहिलेसम्म, हावाले सुस्केरा हाल्दै छ।।