Tuesday, July 7, 2015

रात, जड्याहा र भगवान



रात सुनसान छ
अँधेरीको ब्यग्र शासन चलिरहेछ
कतैबाट आउँछ एक हावाको झोंका 
लर्बराउदै, रक्सिले मातेको जड्याहा सरि
अनि हेर्छ त्यो बाटोको भगवानलाई
तिरस्कारका आँखाले
मानौ उसको कुनै ठूलो दुश्मनी छ त्यो पथ्थरसंग
जन्मौदेखिको कुनै द्वेष छ राग छ
त्यो पथ्थर निशब्द छ, शान्त छ, हाँसिरहेको छ, सदाझैँ
न त्येसले अस्ति आफ्नै अगाडी लुटिएको अस्मिता बचाउन सकेथ्यो
न त्येसले हिजो आफ्नै ढोका अगाडी मरेको लासलाई ब्युझाउन सकेथ्यो
र आज यो ढोग्न आउने यात्रीलाई के नै दिन सक्ला?
भूल त मान्छेकै हो जसले आशा गरेथ्यो
कुनै उज्ज्वल भबिष्यको, कसैको मायाको
र जीवन जिउनको लागि बिस्वासको
तर बिस्वास र आशको बत्ति निभेपछि
जाँडको बोतल हातमा लिएर लर्बराउँदै हिड्दै छ
बौलाएको हावाको झोंका सरि
बिना कुनै लक्ष्य, कोलाहल मच्चाउँदै
तोडफोड र दंगाको उदाहरण दिएर
भगवान मुस्कुराउँदै हेरिरहन्छ..

No comments:

Post a Comment