जाँड पिउँनलाई कुनै चाड आउनु पर्दैन
र पनि हामी बहाना बनाउँछौं
बहाना खुशीको
कहिलेकाहीँ दुखको
कहिले जीतको त कहिले हारको
त्यस्तै दशैं अनि तिहारको
खुब पिईयो बहाना जो थियो
जती पिए पनि एक्लै कहिल्यै पिइएन
पिउँन थालेपछि साथि बोतल जो हुन्थ्यो
पिउँदा पिउँदै कहिले जोडले नाचियो
बह्रतालमा कम्मर भाँचियो
कहिले मुर्तिझैं बसियो
कहिले जोर सोरका साथ गाइयो
त कहिले शान्त भै बसियो
धेरै सोचियो
पिउँदा पिउँदै सोचियो
सोच्द सोच्दै पिइयो
धेरै पिइयो
जब खुट्टाले धर्ति छोड्न थाल्यो
तब थाह भयो मसँग त पंखेटै थिएन
अब घस्रनु सिवाय के हुनु उपाय
एकछिन अघि उड्दै पिइरहेको म
अब सर्पझैं पिइरहेँ
जब घस्रन थाले तब साथिहरु हास्न थाले
अब त लाग्न थाल्यो
मात लाग्न
जाँडको मात
लाग्यो के यो मृत्यु हो त?
के मान्छे मरेसी यस्तै हुन्छ?
मेरो शरिर त्यहिँ थियो
हाथ, खुट्टा, जीउ
म देख्न सख्थेँ
तर कसैमा मेरो वश थिएन
सब मृत तुल्य थिय
लाग्यो म त मरेछु
तर मेरो आत्मा ज्युँदो छ
म देख्न सक्छु
म सोच्न सक्छु
तर कुनै खुशी छैन
न त पीडा नै छ
मात्र आफसोच
अबदेखी पीउँदिन
यो मृत्यु स्वीकार छैन
भोली बिहानको ह्याङ् ओभर
अनी बेलुकी साथि आउँछ
" यार म त जाँचमा फेल भएछु "
" जाउँ दारु खान "
