Monday, May 23, 2016

उत्कर्ष

उत्कर्ष

म त्यो रात हुँ
पुर्णिमको दोश्रो दिन्
जुन बेला जूँन ओइलाईरहेको हुन्छ
अघिल्लो दिनको उज्यालोको थकानले
सुस्ताइरहेको हुन्छ
पुर्णिमालाई सबैले 'वाह वाह्' भन्छन्
तर म ओरालो लागेको जूँन हुँ
त्यो उत्कर्षमा पुगेर झरेको रात हुँ

म त्यो दिन हुँ
जीतको भोलीपल्ट
बिजय आज भयो
उत्सव आज मनाइओ
मिष्ठान्न पाक्यो, सोमरस बग्यो
हर्ष उल्लास मनाइओ
बधाई पाइओ, नाचियो-गाइओ, आज!
तर म भोली हुँ
त्यो उत्सवको जुठा भाँडा
एक बोझ, ह्यङओभर
एक गिलाँस कागतीपानी हुँ

म ग्रेड हुँ, सेकेन्ड डिभिजन
उनन्साठी दशमलव नौ प्रतिशत
फर्स्ट डिभिजनले माला लगायो
मैले च्व च्व पाँए
म कठै बिचरा भएँ
मात्र एक अंक पुगेन
त्यै एकले फरक पार्दो रहेछ
मैले कलेजमा विज्ञान पढ्न पाइन
तर मलाई थाहा छ
विज्ञानमा पनि सेकेन्ड ल हुन्छ
म परिवारको निराशा
एउटा टुटेको  आशा हुँ

म एक साथी हुँ
बेस्ट फ्रेन्ड मेरी केटी साथीको
उसको जीवनसाथी कोही अर्कै छ
सुखमा जे भए पनि
दुखमा साथ दिने
बोइ फ्रेन्डसँग झगडा पर्दा
उसका आशुँ पुछिदिने
उसको आन्तिम उपाय
हो! म कुसुमे रुमाल हुँ

म बार हुँ
जाँड खाने बार होइन
हप्ताको पहिलो दिन
आइतबार हुँ
यहाँ म पहिलो भए पनि
प्रिय चै कहिल्यै भइन
म सबैको प्रिय शनिबार को भोली हुँ
म पहिलो भएर पनि सधैं दोश्रो
चरम उत्कर्ष पछिको पल हुँ।

Monday, May 9, 2016

भाषण् (अर्को परिप्रेक्ष)

भाषण् (अर्को परिप्रेक्ष)

उनी आए
कड्केर बोले
यसरी कड्के
कि मैले ताली पड्काएँ
जोस्शिएर पड्काएँ
उनी अझै कड्किए
कड्केर के बोले
मैले थोरै सुनेँ
सुनेकोमा थोरै  सम्झेँ
तर केहि बुझिनँ
र पनि उनको जोश देखेर जोस्शिएँ
ताली पड्कएँ
उनी खुशी भए ।

Thursday, May 5, 2016

भाषण्

भाषण्

मैले बोले
कड्केर बोले
यसरी कड्के कि
सबैले ताली पड्काए
धेरै जोश्शिए
कोही रिस्सिए
धेरै खुस्सिए
जे भए पनि  मैले बोले
पछि जब सोचेँ
कि मैले के बोले
मलाई केहि थाहा थिएन
तर म खुशी थिएँ
सबैले ताली पड्काए । ।