Wednesday, June 14, 2017

प्यास

अत्रिप्त छु अत्रिप्त छु मलाई त्रिप्त बनाउ
प्यास मेरो मनको रक्तले बुझाउ
बन्दूक चलाऊ तिमी छुरा चलाऊ
हे मनुष्य तिमी मेरो प्यास बुझाउ
पुगेन यसले मलाई तिमी बम फुटाउ
बली तिमी आफ्नै जातीको मलाई चढाउ
निर्दोश सबै मरिसके अब धर्ती जलाउ
जीव सबै मरिसके अब निर्जीवलाई मेटाउ
तातै छ घाऊ धर्तीको त्यसलाई कोट्टयाउ
तहस नहस भयो संसार अब ढुङ्गा हिर्काउ
अगाडि बढ तिमी मलाई बिजय बनाउ
अरु जे गर मनुष्य बस् मलाई त्रिप्त बनाउ,
मेरो प्यास बुझाउ।।

आँशुको मोल

यो उत्तर हो तिम्रो प्रश्नको
आमा, फल मेरो अथक प्रयासको
परिचायक मेरो बिरही असफलताको
आमा, पिडा दबिरहेको मुटुको
म बोल्दिन केही आमा
म मौन छु हृदयको घाउले
तर बोल्छन यी थोपा आमा
तोडेर मेरो मौनता
द्रिगको बास कतिसम्मको
लम्किरहेका छन धरातलतिर
म रोक्न सक्दिन आमा
म देख्न सक्छु
मेरा आँखाको भूल
सांसारिक सन्जोल सँगै
जलिरहेका थोपाको मोल।

We

That emptiness
when you leave
A void that you create
only your presence fills
But you are not mine
and I was never yours
We don't owe each other
We are free
So is love 

Tuesday, June 13, 2017

दुईटा किताब

दुईटा किताब मेरो टेबलमा
एउटा पढें, अर्को आधी
लेखक अर्कै, किताब अर्कैको
दुईटा किताब मेरो टेबलमा।
जून पढें बुझें जस्तो लाग्थ्यो,
तर किताब अर्कैको
कथा आफ्नै जस्तो लग्थ्यो ,
तर किताब अर्कैको
लेखक अर्कै, किन्ने मान्छे अर्कै,
किताब अर्कैको
मेरो थियो त केवल समय
जून मैले बिताएँ
पढ्दा पढ्दै
किताब अर्कैको ।
मेरो थियो त बस् भावना
बाँधिएको त्यो समयसँग।
कथा कथा न रह्यो
सकिनु त छँदै थियो
बाँकी रह्यो मात्र आभास अर्कैको।
र अर्को किताब आधी अँधुरो
खाली पाना कथा जिन्दगीको।।