Sunday, August 6, 2017

केही गर्नु छ

ठुलो संसारमा के? माया प्रेम
तर मोह त्याग गर्नु छ
अन्धकार छ संसार बादल छ टम्म
चट्ट्याङको ज्योती छर्नु छ
संसार होइन ब्रम्हाण्ड सारा
आफ्नो छातीमा भर्नु छ
पीडा छ मनमा द्वेष मस्तिस्कमा
घाऊ निको पार्नु छ
मरिरहेको छ आत्मा यहाँ
आत्माको निम्ती मर्नु छ
संसार सारा चिसो भयो
स्वर्गको  फिलिङो चोर्नु छ
हरेकको शक्तिमा लागेको ताल्चा
आज मैले फोर्नु छ
स्वर्ग र संसार वारी  पारी
पूल बनाइ जोर्नु छ
एकको निम्ती होइन मैले
हरेकको निम्ती मर्नु छ।।


2 comments: