हिजो म थिइन
आज म छु
र भोली म हुँने छैन
आज मेरो अस्तित्व छ
म भन्न सक्छु खुलेर
म छु
म हुँ
यो ठूलो ब्रम्हाण्डको
सानो संसारको अस्तित्वसंगै
मेरो अस्तित्व समयले दिइरहेको छ
एक सुनसान सडकमा उभिएर
आफ्नो अस्तित्व खोज्दै जादा,
सडकको हिलो खाडलमा बेवारिस उम्रिएको झारमा पाएँ आफ्नो अस्तित्व
जसरी मैले उस्ले फ्याँकेको सास लिरहेको छु
त्यसरी नै मैले छोडेको सास उसले लिरहेको छ
त्यसैमा छ मेरो अस्तित्व
त्यो बाटोमा बसेको हिलो जुत्ताको
डाममा छ मेरो अस्तित्व
म रहेको ठाँउमा जुन हावा थियो
जुन ऐले छैन
जसको ठाँउ मैले लिइरहेको छु
त्यो हावामा मेरो अस्तित्व छ
आफैलाई खोज्दै जाँदा
आफ्नो अस्तित्वको इतिहास केलाँउदै जादा
आमाको गर्भमा छँदा जुन दुख मैले आमालाई दिएँ
मेरो जन्म हुँदा जुन पिडा मैले दिएँ
त्यो दुख, पिडाबाट मेरो अस्तित्वको सुरुवात भयो
र जब समयसंगै जतिजती अगाडी बढ्दै गएँ
मेरो अस्तित्व धेरैको स्मृतिमा पाएँ
जसले मलाई म बनाए
र आज म छु
भोली जब आज रहने छैन
मलाई म बनाउने कोही हुने छैनन्
यो नास्वर संसार रहने छैन
तब म अफैलाई कहाँ खोज्नु
तब मेरो अस्तित्व कहाँ हुनु ...
र भोली म हुँने छैन
आज मेरो अस्तित्व छ
म भन्न सक्छु खुलेर
म छु
म हुँ
यो ठूलो ब्रम्हाण्डको
सानो संसारको अस्तित्वसंगै
मेरो अस्तित्व समयले दिइरहेको छ
एक सुनसान सडकमा उभिएर
आफ्नो अस्तित्व खोज्दै जादा,
सडकको हिलो खाडलमा बेवारिस उम्रिएको झारमा पाएँ आफ्नो अस्तित्व
जसरी मैले उस्ले फ्याँकेको सास लिरहेको छु
त्यसरी नै मैले छोडेको सास उसले लिरहेको छ
त्यसैमा छ मेरो अस्तित्व
त्यो बाटोमा बसेको हिलो जुत्ताको
डाममा छ मेरो अस्तित्व
म रहेको ठाँउमा जुन हावा थियो
जुन ऐले छैन
जसको ठाँउ मैले लिइरहेको छु
त्यो हावामा मेरो अस्तित्व छ
आफैलाई खोज्दै जाँदा
आफ्नो अस्तित्वको इतिहास केलाँउदै जादा
आमाको गर्भमा छँदा जुन दुख मैले आमालाई दिएँ
मेरो जन्म हुँदा जुन पिडा मैले दिएँ
त्यो दुख, पिडाबाट मेरो अस्तित्वको सुरुवात भयो
र जब समयसंगै जतिजती अगाडी बढ्दै गएँ
मेरो अस्तित्व धेरैको स्मृतिमा पाएँ
जसले मलाई म बनाए
र आज म छु
भोली जब आज रहने छैन
मलाई म बनाउने कोही हुने छैनन्
यो नास्वर संसार रहने छैन
तब म अफैलाई कहाँ खोज्नु
तब मेरो अस्तित्व कहाँ हुनु ...
