Sunday, November 22, 2015

अर्थ



अर्थ खोज्दैछु म
निरर्थतको अर्थ
लग्छ सुन्यतामा सब थोक छ
जब समय रोकिन्छ
तब म चल्बलाउन थाल्छु
पखेटा फर्फराउँछु
तर उड्ने कहाँ ?
कुनै गन्तब्य छैन
क्षितिजमा डुब्दै गरेको घाम को
कुनै अर्थ छ जस्तो लाग्दैन
न त उदाँउदै गरेको जुन को
हावा बग्छ
पानी बग्छ
सँगसँगै बग्छ रगत्
त्यो रगतको न्यानोमा रहेको
अर्थ खोज्दै छु
चिसो निसास्सिँदो रातको माझमा
धिपधिप बलिरहेको टुकिको अर्थ
घनघोर बनको माझमा फुलेको
एक जंगली फूलको सुगन्धको  अर्थ
मेरा हात चल्छन धड्कन बल्छ
त्यो धड्कनको अर्थ खोज्दैछु
म म हुँ या मभित्र अरु कोहीछ
म मभित्रको आफैलाई खोज्दैछु
भन्छन एकमा एक जोड्दा दुई हुन्छ
म त्यो एकको अर्थ खोज्दैछु
म जीवनको अर्थ खोज्दैछु
मृत्युको अर्थ खोज्दैछु
अनन्त सुन्यताको अर्थ खोज्दैछु
बिनाअर्थको ब्यर्थको  अर्थ खोज्दैछु ।।

No comments:

Post a Comment