Saturday, June 4, 2016

तिमी

थाहा छैन मलाई हावा किन चल्छ
तर जब तिम्रा केश लहराउँछन्
मलाई लाग्छ हावा चलिरहोस्
तर समय रोकियोस् ।
बुझ्न सक्दिन म के जादु छ रङ्गमा
तर जब तिम्रो जुँनेली मुहार
औंशिको रातसरी केशमाझ देख्छु
मलाई लाग्छ रात परिरहोस्
तर जूँन उदाइरहोस् ।




No comments:

Post a Comment