Sunday, December 3, 2017

गमलाभित्रकाे म

खुम्चिएका छन् मेरा जरा
निसास्सिएका छन्, सानाे माटाकाे भाँडाेमा
जराकाे गहिराईबिना मेराे उचाइ असम्भव छ
सारा धर्तीलाई अाफ्नाे पैतालाले टेकेर
सारा अाकाशलाई अालिङ्गन गर्ने मेराे सामर्थ्यलाई
खुम्चाएका छन् यी काँचका दिवालले
दिनकाे एक छाक खान पाउँछु
जब बाहिर मनसुन झरिरहेछ
अब त खडेरीसंग जुध्ने क्षमता पनि छैन
बानी परेकाे छ हरेक छाक चुस्कि लिने
जड्याहालाई जाँडकाे अाशक्ति जस्ताे।

No comments:

Post a Comment