मास्टर! ए मास्टर!
के हो तेरो जिन्नकी
सिवाय मार्कर, बोर्ड र डस्टर?
जिन्नकी के हो मलाई हैन
चौरासी गरेका बाजेलाई सोध
बिहान, दिन, रात, समय
सब मात्र नाम हुन
मात्र एउटा पर्खाइ
बिहान चियाको चुस्की
दिउसो चियाको चुस्की
रात मातको चुस्की
मात्र एउटा पर्खाइ
बिना कुनै आर्थको
लेख, लेखाइ र मेटाइ
जन्म, कर्म र मृत्यु
यस्तै छ जिन्नकी
मार्कर, बोर्ड र डस्टर
हामी अर्थ दिन्छौ
र त जिन्नकी चलिरहेछ
जिन्नकिको जाँतोमा आँफैलाई पिसेर
समयको पिठो बनाइ
सेल्ले रोटी खुवाउँछम्, बिचारको आचारसँग
र त स्वाद आउँछ जिन्नकिको
रङ्गहीन झुसिलकिरालाई
भोलिको बगैँचामा उड्ने पुतलीको रङ्ग् देखाउँछम्
र त रङ्गीन्छन् हरेक सपनाहरु
बहीराहरुलाई संगीतको स्वाद चखाउँछम्
र नाच्न लगाउँछम्
सुर तालको झन्कारमा
परिकल्पनाको संसारमा
र त मजा आउँछ जिउनुको
हैन भने जाउ
जिन्नकी के हो सिसिफसलाई सोध
प्रयास, मात्र प्रयास
मार्कर बोर्ड र डस्टर । ।
के हो तेरो जिन्नकी
सिवाय मार्कर, बोर्ड र डस्टर?
जिन्नकी के हो मलाई हैन
चौरासी गरेका बाजेलाई सोध
बिहान, दिन, रात, समय
सब मात्र नाम हुन
मात्र एउटा पर्खाइ
बिहान चियाको चुस्की
दिउसो चियाको चुस्की
रात मातको चुस्की
मात्र एउटा पर्खाइ
बिना कुनै आर्थको
लेख, लेखाइ र मेटाइ
जन्म, कर्म र मृत्यु
यस्तै छ जिन्नकी
मार्कर, बोर्ड र डस्टर
हामी अर्थ दिन्छौ
र त जिन्नकी चलिरहेछ
जिन्नकिको जाँतोमा आँफैलाई पिसेर
समयको पिठो बनाइ
सेल्ले रोटी खुवाउँछम्, बिचारको आचारसँग
र त स्वाद आउँछ जिन्नकिको
रङ्गहीन झुसिलकिरालाई
भोलिको बगैँचामा उड्ने पुतलीको रङ्ग् देखाउँछम्
र त रङ्गीन्छन् हरेक सपनाहरु
बहीराहरुलाई संगीतको स्वाद चखाउँछम्
र नाच्न लगाउँछम्
सुर तालको झन्कारमा
परिकल्पनाको संसारमा
र त मजा आउँछ जिउनुको
हैन भने जाउ
जिन्नकी के हो सिसिफसलाई सोध
प्रयास, मात्र प्रयास
मार्कर बोर्ड र डस्टर । ।
No comments:
Post a Comment